मङ्सिर १७ वीरगंज ___ पोखरिया नगरपालिका–५ सतवरिया टोलमा लायन्स क्लब वीरगंज परिवार, लायन्स क्लब वीरगंज सेन्ट्रल सिटि र जोन चेयर पर्सन डा.लक्ष्मी थापाको सहयोगमा सञ्चालन भएको निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सफलतापूर्वक सम्पन्न भएको छ । स्थानीय नेता एवं समाजसेवी नेजामुद्दीन शमानी तथा आशा देवीको पहलमा आयोजित यस स्वास्थ्य शिविरमा तिलगंगा आँखा प्रतिष्ठान र वीरगंज सामुदायिक अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा आँखाको जाँच तथा परामर्श प्रदान गरिएको थियो ।

जाँचका क्रममा ५७ जना व्यक्तिमा मोतियाबिन्दु रोग पत्ता लागेको र ती सबैको निःशुल्क शल्यक्रिया गरिने र यो शिविर पोखरिया नगरपालिकाको दश वटै वार्डमा गरीने परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डेय जानकारी गराउनु भएको छ । शिविर वडा नं. ५ का अध्यक्ष महेन्द्र प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा राष्ट्रिय मुक्ति नेपालका सह-महासचिव नेजामुद्दीन समानी, नेपाली काँग्रेसका नेत्रि आशा देबि, समाजसेवी मनोज साह कानु , सुनिल साह , गोवर्धन यादव , रहिम मियाँ, कृष्णा पटेल तथा अन्य सम्माननीय व्यक्तिहरूको पनि विशेष उपस्थिति रहेको थियो।