पर्सा २८ कार्तिक पर्सा धोबीनी गाउँपालिका–३, गुलरियामा सोलो बाइक रेस तथा कुखुरा समात्ने प्रतियोगिता आयोजना हुने भएको छ।

हरिहरपुर उत्तर टोल युवा समाजको आयोजनामा यही मिति २०८३ साल मंसिर १ गते उक्त प्रतियोगिता हुन लागेको हो।
स्थानीय युवाहरूमा खेलकुदप्रतिको उत्साह बढाउने, मनोरञ्जन प्रदान गर्ने तथा आपसी सद्भाव र भाइचारालाई थप मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

आयोजक हरिहरपुर उत्तर टोल युवा समाजले प्रतियोगितामा सहभागी भई कार्यक्रमलाई भव्य र सभ्य रूपमा सफल बनाउन सम्पूर्ण खेलप्रेमी, युवाहरू तथा स्थानीयवासीलाई हार्दिक अनुरोध गरेको छ।
आयोजक: हरिहरपुर उत्तर टोल युवा समाज
स्थान: गुलरिया, धोबीनी गाउँपालिका–३, पर्सा।
सम्पूर्णमा हार्दिक निमन्त्रणा।