पर्सा २७ कार्तिक । पर्साको छिपहरमाई गाउँपालिका–१, मिर्जापुरमा नेपाली कांग्रेस तथा जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी विभिन्न नेता तथा कार्यकर्ताहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

विभिन्न राजनीतिक दलमा आबद्ध रहेका नेता तथा कार्यकर्ताहरूले पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरेपछि स्थानीय राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।
नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई छिपहरमाई गाउँपालिकाका अध्यक्ष एवं एमाले नेता मनोज कुमार गुप्ताले स्वागत गर्दै पार्टीमा प्रवेश गराएका हुन्।

स्थानीय तहमा राजनीतिक गतिविधि तीव्र भइरहेका बेला कांग्रेस र जसपाबाट एमालेमा भएको यो प्रवेशलाई एमालेले आफ्नो संगठन विस्तारका रूपमा लिएको छ।
मिर्जापुरमा भएको यस राजनीतिक प्रवेशले छिपहरमाई गाउँपालिकाको स्थानीय राजनीतिमा नयाँ चर्चा र राजनीतिक तरंग सिर्जना गरेको छ।