पर्सा २८ कार्तिक । छठ पर्वको पावन अवसरमा पर्साको धोबीनी गाउँपालिका–३, हरिहरपुरमा युवा नेता तथा समाजसेवी दिपक पटेलले १११ जना वृद्धा आमाहरूलाई साडी वितरण गरेका छन।
छठ पर्वलाई लक्षित गर्दै समाजमा रहेका ज्येष्ठ तथा वृद्धा आमाहरूप्रति सम्मान, माया र सद्भाव प्रकट गर्ने उद्देश्यले पटेलले साडी वितरण गरेका हुन।
धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छठ पर्वको अवसरमा गरिएको यस मानवीय तथा सामाजिक कार्यले स्थानीय वृद्धा आमाहरूमा खुसी थपेको छ। पर्वको खुसी सबैसँग बाँड्ने र समाजका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने उद्देश्यले यस्तो सहयोग गरिएको हो।

युवा नेता पटेलको यस कार्यलाई स्थानीयवासीले प्रशंसनीय र अनुकरणीय सामाजिक कार्यका रूपमा लिएका छन्। चाडपर्वको अवसरमा गरिने यस्ता सहयोगले समाजमा आपसी सद्भाव, भाइचारा र सामाजिक उत्तरदायित्वको भावना बलियो बनाउने विश्वास गरिएको छ।
समाजसेवा र मानवीय सहयोगमा सक्रिय रहँदै आएका दिपक पटेलको यस पहलले छठ पर्वको खुसीसँगै वृद्धा आमाहरूको अनुहारमा मुस्कान ल्याएको छ।