पर्सा २८ कार्तिक । छठ पर्वको शुभ अवसरमा पर्साको जगरनाथपुर गाउँपालिका–४, सुहपुर निवासी बृजेश्वर प्रसाद चौधरीले गाउँपालिका भित्रका छठघाट तथा गाउँटोलको सरसफाइ, सजावट र सौन्दर्यीकरणका लागि निःशुल्क चुना तथा अबिर वितरण गर्नुभएको छ।

शनिबार बिहानै सुहपुरस्थित हुलाकी सडकमा रहेको आफ्नै घरको प्राङ्गणबाट चौधरीले छठघाटसँगै गाउँटोल सिँगार्न तथा सजाउन आवश्यकताअनुसार गाउँपालिका भरिका विभिन्न स्थानमा चुना तथा अबिर वितरण गर्नुभएको हो।
जगरनाथपुर गाउँपालिकाका ६ वटै वडाका विभिन्न गाउँटोलमा यो निःशुल्क सेवा पुगिसकेको भए पनि केही गाउँटोल अझै छुटेका छन्। छुटेका गाउँटोलमा समेत आज बेलुकासम्म आवश्यक चुना तथा अबिर पुर्‍याउने प्रयास भइरहेको चौधरीले बताउनुभएको छ।