पर्सा २६ कार्तिक । नासा इलेभेन र तित्रौना टाइगर्सबीच भएको क्रिकेट खेलमा उत्कृष्ट प्रदर्शन गर्दै तित्रौना टाइगर्सका खेलाडी अशोक लेफ्टी ‘म्यान अफ द म्याच’ घोषित भएका छन्।
खेलमा अशोकले आक्रामक ब्याटिङ गर्दै मात्र २९ बलमा ६२ रन बनाएका थिए। त्यस्तै, बलिङतर्फ पनि उत्कृष्ट प्रदर्शन गर्दै ३ ओभरमा २९ रन खर्चेर ४ विकेट लिन सफल भए।

ब्याटिङ र बलिङ दुवैतर्फ उत्कृष्ट प्रदर्शन गरेका अशोकलाई खेलको उत्कृष्ट खेलाडी घोषित गरिएको हो।
उनलाई पर्सागढी नगरपालिका नगर प्रमुखका प्रत्याशी विनोद यादवले ‘म्यान अफ द म्याच’ पुरस्कार प्रदान गरेका थिए। अशोकको उत्कृष्ट प्रदर्शनले तित्रौना टाइगर्सको टोलीमा उत्साह थपिएको छ।