पर्सा १९ कार्तिक नेपालीहरूको महान् पर्व शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्सा निर्वाचन क्षेत्र नं. ४ द्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रम पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका जिल्ला सभापति माननीय हरि पन्तको प्रमुख आतिथ्यता तथा निर्वाचन क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्रको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा, जिल्ला सचिव सुदिस प्रजापति, जिल्ला कोषाध्यक्ष तुलसा पौडेल, जिराभवानी गाउँपालिका सभापति रामाकान्त चौधरी, ठोरी गाउँपालिका सभापति माधव बस्नेत, धोबनी गाउँपालिका उपसभापति राजु पटेललगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
त्यसैगरी स्थानीय नेता रामाशंकर साह, धने श्रेष्ठ, संजय राय थारु, योगेन्द्र चौरसिया, प्रदीप पटेललगायत विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो 

कार्यक्रममा सहभागी नेता, कार्यकर्ता, अग्रज तथा शुभेच्छुकहरूले एकआपसमा दीपावली र छठ पर्वको शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव, एकता, भाइचारा र सामाजिक सहिष्णुता कायम राख्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमले पार्टीभित्रको संगठनात्मक एकता, आपसी सम्बन्ध तथा सहकार्यलाई थप मजबुत बनाउनुका साथै आगामी दिनमा संगठनलाई अझ सशक्त र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रम सफल बनाउन उपस्थित भई सहयोग पुर्‍याउने सम्पूर्ण अग्रज, नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूप्रति आयोजकले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा निर्वाचन क्षेत्र नं. ४ ले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासहित शुभ दीपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।