पर्सा १३ कार्तिक पर्साको पोखरिया नगरपालिकाको आर्थिक वर्ष २०८३/८४ को ११ अौ नगरसभाले ५८ करोड १८ लाख ९ हजार ८३९ रुपैया बराबरको बजेट पारित गरिएको छ । पोखरिया नगरपालिकाको सभा हलमा शुक्रबार भएको ११अौ नगरसभामा नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०८३/८४को लागी ५८ करोड १८ लाख, ९ हजारको ८३९रुपैया को बजेट प्रमुख प्रशासकीय अधिकृत शिव सिंह पटेलले प्रस्तुतिकरण गर्नु भएको थियो।

नगरसभाको उद्घाटन पोखरिया नगरपालिकाका नगरप्रमुख प्रधुमन चौहानले गरेका थिए । नगरप्रमुख चौहानको अध्यक्षतामा भएकोको ११अौ नगरसभा तथा नीति तथा कार्यक्रममा भएको हो । सो कार्यक्रममा पोखरिया नगरपालिकाको विकासका लागि आफू लागिपरेको अध्यक्ष चौहानले बताए। नगरप्रमुख चौहान ले भने निति तथा कार्यक्रम बजेट प्रस्तुतिकरण ढिलो अायो तर तन्दुरुस्त अायो। कर्मचारी हरु लाई अाठ महिना को तलब समेत खुवाउने बताए । टाउन पलानिंग को छिटो नै अगाडि बढाउने बताए । नगरपालिका मा विशेष बजेट दयाएको र पहिलागरिएको काम लाई विशेष पत्रकार समेलन गरि सार्बजनिक गरिने नगर प्रमुख चौहान ले बताए । नगर सभा कार्यक्रमबाट स्वास्थ्य, शिक्षा, कृषि, पशु, पर्यटन, भौतिक पुर्वधार सिचाई, विकासमा, महिला बालबालिका उत्थान खेलकुद, ज्येष्ठ नागरिक सम्मानलगायतको योजनाहरुको प्राथमिकतामा विशेष जोड दिइएको छ ।

नगरसभा कार्यक्रममा नि,प्रमुख प्रसाशकिय अधिकृत शिव सिंह पटेल ले नगरपालिकाको विकासमा सबै जनप्रतिनिधि र कर्मचारीहरुले मिलेर अगाडि बढ्न आग्रह समेत गरे । कार्यक्रममा वडाध्यक्ष प्रमोद गिरी, केदार प्रसाद, महेन्द्र महतो, लक्ष्मण साह कानु, शियानन्द चौहान, , नौसाद आलम, सोनालाल साह, किशोरी साह लगायतले नगरसभामा मा शुभकामना ब्यक्त गर्नु भएको थिए ।

कार्यक्रममा कार्यपालिका सदस्य, नगरपालिका सदस्य कर्मचारी लेखापाल अधिकृत बिजय झा, स्वास्थ्य संयोजक कौसलेन्द्र झा, आईटी अफिसर अरबिन्द दुवेदी, सन्दीप साह, समाजिक शाखा प्रमुख वाल्मीकि साह, कर्मचारीहरुलगायतको सहभागिता रहेको थियो।कार्यक्रम संचालक नरेन्द्र साह ले गर्नु भएको थियो।