पर्सा ११ कार्तिक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. ४ को प्रथम बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रम जगरनाथपुर गाउँपालिका-२ पाडेपुरमा सम्पन्न भएको छ।

पर्सा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्रको नेतृत्वमा आयोजित कार्यक्रममा पार्टीका नेता, पदाधिकारी तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा संगठनलाई थप सुदृढ बनाउने, पार्टीको नीति तथा विचार जनतामाझ पुर्‍याउने र आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका माननीय टेकबहादुर शाक्यको उपस्थिति तथा सहभागिता रहेको थियो। उहाँले पार्टीको संगठन विस्तार, जनतासँगको सम्बन्ध र जनमुखी राजनीतिक गतिविधिलाई प्राथमिकता दिनुपर्ने विषयमा जोड दिनुभएको थियो।

बैठकमा क्षेत्र नं. ४ अन्तर्गत पार्टीको संगठनात्मक अवस्था, स्थानीय तहमा जनताको अपेक्षा तथा आगामी दिनमा गर्नुपर्ने कार्ययोजनाबारे समेत छलफल गरिएको थियो। सहभागीहरूले पार्टीलाई जनताको भरोसायोग्य राजनीतिक शक्तिका रूपमा स्थापित गर्न एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रथम बैठक तथा शुभकामना आदानप्रदान कार्यक्रमले पार्टीका नेता तथा कार्यकर्ताबीच आपसी एकता, सहकार्य र संगठनप्रतिको जिम्मेवारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताहरूले आगामी दिनमा जनताको सुखदुःखमा साथ दिँदै सुशासन, पारदर्शिता र विकासका मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए।