फागुन १७ एजेन्सी ___ इरानमा आयातुल्लाह अलीरेजा अराफीलाई गार्डियन काउन्सिलको जुरिस्ट (कानुनविद्) पदमा चुनिएको छ । यो चयन अन्तरिम नेतृत्व परिषद्का लागि गरिएको हो ।बीबीसी पर्सियनका अनुसार, ‘एक्सपिडिएन्सी डिसर्नमेन्ट काउन्सिल’का प्रवक्ता मोहसिन देहनवीले जानकारी दिँदै आयातुल्लाह अलीरेजा अराफी चुनिएको कुराको पुष्टि गरेका छन् ।इरानका सर्वोच्च नेता अली खामेनीईको मृत्यु भइसकेको अवस्थामा अब एक अन्तरिम नेतृत्व परिषद् बनाइँदै छ । यस परिषद्‌मा राष्ट्रपति, न्यायपालिकाका प्रमुख र गार्डियन काउन्सिलबाट चुनिएका एक जुरिस्ट सदस्य रहनेछन् ।

बीबीसी उर्दूका अनुसार, इरानको संविधानको धारा १११ बमोजिम, सर्वोच्च नेताको मृत्यु भएमा, राजीनामा दिएमा वा उनलाई पदबाट हटाइएमा, देशका राष्ट्रपति, न्यायपालिकाका प्रमुख र गार्डियन काउन्सिलका एक सदस्यले सर्वोच्च नेताको जिम्मेवारी सम्हाल्ने व्यवस्था छ । इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनी अमेरिका र इजरायलको संयुक्त हमलामा मारिएका हुन् । इरानको सरकारी सञ्चार माध्यमले खामेनीको मृत्युको पुष्टि गरिसकेको छ ।