पर्सा, २२ कार्तिक। लामो समयदेखि तलब तथा भत्ता नपाएर आर्थिक समस्यामा परेका पर्साको पोखरिया नगरपालिकाका कर्मचारीहरू को लक्ष्मी पूजाकै दिन लक्ष्मी माता भित्रिएको कारण कर्मचारी हरु मा खुशी भएका छन।केही दिन देखि रोकिएको तलब पाएका कारण कर्मचारी हरु निरासा बाटा अाशामा भएको छन। आइतबार नगरपालिकाले कर्मचारीहरूको बैंक खातामा तलब पठाएपछि निराश बनेका कर्मचारीहरूमा अासा बाट खुसी भएका छन।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेखर पौडेलका अनुसार आइतबार करार कर्मचारीहरूको ६ महिनादेखिको बाँकी तलब, जनप्रतिनिधिहरूको गत असार महिनासम्मको सेवा–सुविधा तथा शिक्षकहरूको पहिलो त्रैमासिक तलब भुक्तानी गरिएको छ। त्यसैगरी स्थायी तथा अस्थायी कर्मचारीहरूको बाँकी तलब र कर्मचारीहरूले पाउने दशैँ बोनससमेत भुक्तानी गरिएको उनले जानकारी दिए।

नगरसभामा भएको ढिलाइ तथा बैंक खातासम्बन्धी प्राविधिक समस्याका कारण लामो समयदेखि तलब भुक्तानी हुन सकेको थिएन। दशैँजस्तो महत्वपूर्ण चाडमा समेत तलब पाउन नसकेका कर्मचारीहरूले दीपावलीको मुख्य दिन लक्ष्मी पूजाकै दिन कर्मचारी हरु को घरमा लक्ष्मी माता भित्रिएको तलब पाएपछि राहत महसुस गरेका छन्।

तलब भुक्तानी नहुँदा नगरपालिकाको दैनिक प्रशासनिक कामकाजसमेत प्रभावित हुँदै आएको थियो। विशेषगरी सरसफाइ कर्मचारीहरूले काम रोक्दा पोखरिया बजार तथा नगर क्षेत्रको फोहोर व्यवस्थापनमा समेत समस्या उत्पन्न भएको थियो।

प्रमुख प्रशासकीय अधिकृत पौडेलले कर्मचारीहरूको तलब भुक्तानी भएसँगै रोकिएका सरसफाइ लगायतका कामहरू पनि अब नियमित रूपमा सञ्चालन हुने बताए।

लामो समयदेखि आर्थिक समस्याका कारण प्रभावित बनेको पोखरिया नगरपालिकाको सेवा प्रवाह कर्मचारीहरूको तलब भुक्तानीसँगै पुनः सहज हुने अपेक्षा गरिएको छ। चाडपर्वकै समयमा रोकिएको तलब प्राप्त भएपछि कर्मचारीहरूलाई दीपावली मनाउनसमेत ठूलो राहत मिलेको छ। पोखरिया नगरपालिका सयौ कर्मचारी हरु घरमा लक्ष्मी अागमन निकै नै खुसी भएका छन।