पर्सा २० कार्तिक पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरूलाई कोर्ट–पाइन्ट वितरण गरेका छन। विद्यार्थीहरूको शैक्षिक वातावरणलाई थप व्यवस्थित, मर्यादित तथा उत्साहजनक बनाउने उद्देश्यले अध्यक्ष यादवले विद्यार्थीहरूलाई कोर्ट–पाइन्ट वितरण गरेका हुन।कोर्ट–पाइन्ट प्राप्त गरेपछि विद्यार्थी भाइबहिनीहरू निकै खुसी भएका छन्। यस सहयोगले विद्यार्थीहरूमा विद्यालयप्रतिको अपनत्व बढ्नुका साथै अध्ययनप्रति थप उत्साह र प्रेरणा मिल्ने विश्वास गरिएको छ।

शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भन्दै अध्यक्ष यादवको यस कार्यको प्रशंसा गरिएको छ। विद्यार्थीहरूको हित र शैक्षिक उन्नतिका लागि गरिएको यस सराहनीय सहयोगप्रति विद्यालय परिवार तथा विद्यार्थीहरूले गाउँपालिका अध्यक्ष यादवलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन्।