पर्सा १७ कार्तिक मिक्स मार्शल आर्ट खेलको मधेश प्रदेश अध्यक्ष पदमा सन्तोष पटेल नियुक्त हुनुभएको छ। उहाँको नियुक्तिसँगै मधेश प्रदेशमा मिक्स मार्शल आर्ट खेलको विकास, विस्तार तथा खेलाडीहरूको क्षमता अभिवृद्धिमा नयाँ उपलब्धि हासिल हुने अपेक्षा गरिएको छ।
अध्यक्ष पदमा नियुक्त हुनुभएका पटेललाई विभिन्न क्षेत्रका व्यक्तित्व, खेलप्रेमी तथा शुभेच्छुकहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
पटेलको नेतृत्वमा मधेश प्रदेशमा मिक्स मार्शल आर्ट खेललाई थप व्यवस्थित र लोकप्रिय बनाउँदै नयाँ प्रतिभाहरूको पहिचान तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

खेलाडीहरूलाई उचित अवसर, प्रोत्साहन र प्रशिक्षणको व्यवस्था गर्दै प्रदेशमा खेलकुदको वातावरण निर्माण गर्न उहाँको नेतृत्व प्रभावकारी हुने अपेक्षा गरिएको छ। साथै, मिक्स मार्शल आर्ट खेलमार्फत युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्दै उनीहरूको प्रतिभा उजागर गर्न सकिने विश्वाससमेत व्यक्त गरिएको छ।
आदरणीय मित्र सन्तोष पटेललाई मधेश प्रदेश अध्यक्ष पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उहाँको नेतृत्वमा मिक्स मार्शल आर्ट खेलले प्रदेशमा नयाँ उचाइ हासिल गरोस् भन्ने कामना गरिएको छ।सन्तोष पटेलको नेतृत्वमा मधेश प्रदेशको मिक्स मार्शल आर्ट खेलले नयाँ पहिचान र उचाइ हासिल गर्ने विश्वास।