पर्सा ६ कार्तिक पर्साको छिपहरमाई मन्दिर परिसरमा Human Love Charity Fund का सदस्यहरू तथा स्थानीय युवाहरूको सक्रिय सहयोगमा सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

मन्दिर परिसरलाई स्वच्छ, सफा र सुन्दर बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा संस्थाका सदस्यहरू तथा स्थानीय युवाहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै मन्दिर परिसरमा सरसफाइ गरेका थिए। धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको मन्दिर परिसरलाई स्वच्छ राख्नुका साथै स्थानीय बासिन्दा र दर्शनार्थीहरूमा सरसफाइप्रति सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममार्फत धार्मिक स्थलहरूको संरक्षण, वातावरणीय स्वच्छता र सामाजिक उत्तरदायित्वप्रति सबैलाई जागरूक बनाउने प्रयास गरिएको छ। यस्ता सामाजिक तथा जनहितकारी गतिविधिले समुदायमा आपसी सहयोग, एकता र सेवाभावको भावना बलियो बनाउने विश्वास लिइएको छ ।

Human Love Charity Fund ले समाजसेवा, मानवता र जनहितका कार्यलाई प्राथमिकता दिँदै आगामी दिनमा पनि यस्ता रचनात्मक गतिविधिहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।सेवा नै धर्म, मानवता नै हाम्रो पहिचान” भन्ने मूल भावनालाई आत्मसात् गर्दै सम्पन्न यस सरसफाइ कार्यक्रमले धार्मिक स्थलको स्वच्छता कायम राख्न र समाजमा सकारात्मक सन्देश फैलाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।