पर्सा ३ कार्तिक विजयादशमीको अवसरमा पर्साको धोबीनी गाउँपालिका वडा नं ४ लंगडीमा आयोजना गरिएको भेडा जुधाई कुस्ती प्रतियोगिता आज सम्पन्न भएको छ। लंगडीस्थित छिपहरमाई मन्दिरमा भब्य दशमी मेलाको अवसरमा छिपहरमाई मन्दिर नजिकै आयोजित प्रतियोगितामा नेपाल र भारतका ३० भन्दा बढी भेडाहरू सहभागी भएका थिए।दशमी मेलालाई थप आकर्षक बनाउन आयोजना गरिएको उक्त प्रतियोगिताको उद्घाटन समितिका अध्यक्ष धिरज पटेलले उद्घाटन गर्नु भएको थियो। प्रतियोगितामा नेपालका विभिन्न स्थानका साथै भारतबाट समेत भेडा ल्याइएको थियो

प्रतियोगितामा नेपालका विश्रामपुर, मिर्जापुर, झलमहिया,टिहुकी भलुवहियालगायत स्थानबाट तथा भारतको धनकुटवा,पचामवा, बेतिया र मझवलिया,ईनार्वा,शिवाघाट लगायत क्षेत्रबाट भेडाहरू सहभागी भएका थिए। नेपाल र भारतका भेडा मालिकहरूबीचको सहभागिताले प्रतियोगितालाई थप रोचक बनाएको थियो।

प्रतियोगितामा विजयी भएका भेडाका मालिकहरूलाई ५ हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ।
भेडा कुस्ती प्रतियोगिता अवलोकन गर्न नेपाल र भारतका हजारौ दर्शकहरूको उपस्थिति रहेको थियो। प्रतियोगितामा मेला समितिका अध्यक्ष धिरज पटेलको अध्यक्ष्ातामा सम्पन्न भएको थियो।

विजयादशमीको अवसरमा आयोजना गरिएको भेडा जुधाई कुस्ती प्रतियोगिताले लंगडी क्षेत्रको धार्मिक, सांस्कृतिक तथा परम्परागत पहिचानलाई उजागर गर्नुका साथै स्थानीय मेला उत्सवमा थप रौनक ल्याएको छ। नेपाल र भारतका भेडा मालिक तथा दर्शकहरूको सहभागिताले यस क्षेत्रको परम्परागत सम्बन्धलाई समेत झल्काएको छ।भेडा जुधाई कुस्ती प्रतियोगिता कार्यक्रममा धोबिनी गाउँपालिकाको पुर्व गाउँपालिका अध्यक्ष सुरेश पटेल,युवा नेता संतोष पटेल, मजिद मियाँ ,पत्रकार लालबाबु बानिया,निरंजन पटेल,श्यामबाबू रौनियार,सुरेश पटेल,कमरुल मिया,शिव पटेल,बलिराम पटेल,रन्जय पटेल,राहुल यादव,सुरज कुमार,बिपिन पटेल,राजु साह
नेपाल प्रहरी लगायत हजारौ दर्शक हरुको सहभागीता रहेको थियो। राम्रो राम्रो हेडलाईन बनाईदिनु