फागुन ११ वीरगंज _ पर्सा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत वीरगंज महानगरपालिका वडा नं. ३१ मा आज आयोजित घरदैलो तथा जनता दर्शन कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो भने टोल–टोलमा चुनावी माहोल तातेको देखिन्थ्यो। कार्यक्रमका क्रममा उम्मेदवार प्रदिप यादवले घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या, सुझाव र अपेक्षाहरू सुनेका थिए। “तपाईंको आवाज, तपाईंको भविष्य र तपाईंकै प्रतिनिधि प्रदिप यादव” भन्ने नारासहित समर्थकहरूले उत्साहका साथ नाराबाजी गरे ।

उम्मेदवार यादवले पर्सा–१ को विकासलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै युवा रोजगारी, कृषिको आधुनिकीकरण, महिला सशक्तीकरण तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने बताएका छन्। स्थानीय बासिन्दाहरूले पनि विकासप्रतिको स्पष्ट योजना र सक्रियताका कारण यादवप्रति विश्वास व्यक्त गरेका छन्। कार्यक्रममा सहभागीहरूले “प्रदिप यादव जिन्दाबाद”, “पर्सा–१ मा परिवर्तनको लहर” जस्ता नाराहरू लगाउँदै चुनावी माहोललाई थप उत्साहपूर्ण बनाएका थिए। समर्थकहरूका अनुसार यसपटक पर्सा–१ मा विकास र समृद्धिको नयाँ इतिहास लेखिने विश्वास लिइएको छ। आगामी निर्वाचनमा सूर्य चिन्हमा मतदान गर्न आह्वान गर्दै कार्यक्रम समापन गरिएको छ ।