फागुन ४ एजेन्सी __बंगलादेशका प्रधानमन्त्री बन्न लागेका तारिक रहमानका सल्लाहकार हुमायुन कबीरले भारतसँगको सम्बन्धको बारेमा महत्त्वपूर्ण बयान दिएका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार , हुमायुन कबिरले भने, “बंगलादेश भारतसँगको आफ्नो सम्बन्ध सुधार गर्न चाहन्छ। बदलिएको वास्तविकतालाई पहिचान गर्नु भारतको जिम्मेवारी हो।” बंगलादेश राष्ट्रवादी पार्टीका अध्यक्षका सल्लाहकार हुमायुन कबीरले भनेका छन्, ‘शेख हसिनालाई सत्ताबाट हटाइएपछि र उनको अवामी लिग पार्टी सत्तामा नभएपछि, बंगलादेश भारतसँग सम्बन्ध पुनर्स्थापित गर्न चाहन्छ।’

उनले दुई देशले “पारस्परिक हित” को लागि मिलेर काम गर्नुपर्नेमा जोड दिए। संसदीय चुनावमा दुई तिहाइ सिट जितेपछि आफ्नो पहिलो पत्रकार सम्मेलनमा तारिक रहमानले शनिबार आफ्नो विदेश नीति बंगलादेश र बंगलादेशका जनताको हितलाई ध्यानमा राखेर तय गरिने बताएका थिए। विदेशी पत्रकारहरूको प्रश्नको जवाफ दिँदै रहमानले भने, “देशका जनताको हित सर्वोपरि छ, र हामी उनीहरूको हितलाई गम्भीरतापूर्वक ध्यानमा राखेर विदेश नीति निर्माण गर्नेछौं।”