पौष २० रौतहट ___चिसोको कारण सर्वसाधारणको जनजीवन प्रभावित हुन थालेपछि रौतहटको गरुडा नगरपालिकाले सार्वजनिक स्थल र चोक-चोकमा दाउरा वितरण गरेको छ । करिब दुई साता अघिदेखि बढेको अत्यधिक जाडो र शीतलहरले कठ्याङ्ग्रिएका विपन्न तथा सर्वसाधारण नागरिकलाई जाडोबाट जोगिन दाउराको प्रबन्ध गरिएको हो ।गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद कलवारले डिभिजन वन कार्यालयसँग समन्वय गरी पालिकाको ठाँउ ठाँउमा दाउरा उपलब्ध गराएका छन् । उनका अनुसार उपलब्ध दाउरा सर्वसाधारणको जमघट हुने सार्वजनिक स्थल, मठमन्दिर चोक चौराह र प्रहरी चौकीलगायतका स्थानमा वितरण गरिएको छ ।

नगरवासीलाई चिसोबाट जोगाउन सार्वजनिक स्थानमा धुनी बाल्नका लागि नगरले वडा कार्यलयमा दाउरा पठाउने क्रमलाई तीर्व पारेको हो । डिभिजन वन कार्यलय रौतहटसँग समवन्य गरी नगरको कार्यलयमा ल्याइएको दाउरा वडा कार्यलयमा पठाउन थालिएको नगर प्रमुख कन्थमणी प्रसाद कलवारले जानकारी दिए । चिसोबाट जोगिनका लागि नगरले जनचेतनामुलक कार्यक्रमलाई पनि अघि बढाएको मेयर कलवारले जानकारी दिएका छन् । ‘अहिले हामीले वडामा दाउरा पठाउने काम गरिरहेका छौ । टोल र चोकमा धुनी बाल्ने गरी वडाअध्यक्षको जिम्मा लगाएका छौ’ नगर प्रमुख कलवारले भने ‘ सचेतना लगायत नगरवासीलाई जाडोबाट बचाउन थप कार्यहरु गर्नेछौ ।’ विभिन्न चौक लगायत गरिब-बिपन्न मुसहर तथा डोम बस्तीमा समेत आगो ताप्न दाउराको व्यवस्था गरेपछि स्थानीयहरु खुशि भएका छन् ।

शीतलहरले घामको मुहार देख्न नपाएर जाडोले कठ्याङ्ग्रिएका नागरिक दाउराको आगो ताप्न पाउँदा खुसी भएका छन् । यसअघि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटले चन्द्रपुर नगरपालिकाको मुख्य ठाँउहरुमा सर्वसाधारण नागरिकलाई आगो ताप्न दाउरा वितरण गरिसकेका छन ।