मङ्सिर २८ जनकपुरधाम ___ मधेश प्रदेशमा ४ बर्षको अवधिमा डुबेर ८ सय २३ जनाको ज्यान गएको छ । राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयद्वारा सार्वजनिक तथ्यांक अनुसार ४ बर्षको अवधिमा पोखरी, नदी, नाला र खाडलमा डुबेर ८ सय २३ जनाको ज्यान गएको हो । जिल्लाको हिसावले हेर्दा डुबेर सबैभन्दा बढी धुनषामा १ सय ८७ जनाको ज्यान गएको छ । जसमध्ये १ सय १२ जना व्यस्क, ६८ जना बालबालिका र ७ जना वृद्ध रहेका छन् ।

सप्तरीमा डुबेर १ सय ३ जनाले ज्यान गुमाएका छन् । जसमा बालबालिका ६२, व्यस्क ३५ र ६ जना वृद्ध छन् । रौतहतमा ९० जनाले ज्यान गुमाएकोमा ५९ जना बालबालिका र ३१ जना व्यस्क छन् । सिरहामा ७८ जनाले ज्यान गुमाएका छन् । जसमा ५६ जना बालबालिका, १७ जना व्यस्क तथा ५ जना बृद्ध छन् । महोत्तरीमा ७७ जनाले ज्यान गुमाएका छन् । जसमा ४८ बालबालिका, ११ जना ब्यस्क तथा १८ जना वृद्ध छन् । सर्लाहीमा ६६ जनाले ज्यान गुमाएको छन् । जसमा ३४ बालबालिका र ३२ व्यस्क छन् ।

पर्सामा ४२ जनाले ज्यान गुमाएका छन् । जसमा २२ बालबालिका, १७ व्यस्क तथा ३ जना वृद्ध छन् । बारामा १३ जनाले ज्यान गुमाएका छन् । बारामामा यसरी ज्यान गुमाउने सबै १३ जना बालबालिका छन् । मधेश प्रदेशका ८ वटै जिल्लामा मिलाएर डुबेर मृत्यु हुने बालबालिकाको संख्या ३ सय ६२ रहेको छ ।

राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश जनकपुर कार्यालयका प्रमुख बुद्धनारायण सहनीका अनुसार खाल्डा, नाला, नदी, नहर, पोखरीमा डुबेर मृत्यु हुनेको संख्या बर्षेनी बढ्दो छ । आर्थिक बर्ष २०७८/०७९ मा १५७, २०७९/०८० मा १६७, २०८०/०८१ मा २०४ तथा २०८१/०८२ मा २९५ जनाको डुबेर मृत्यु भएको छ । तराई मधेशमा पोखरी संगै नदी, नाला, नहर, खोला, खाल्डोमा डुबेर धेरैले ज्यान गुमाएको तथ्यांकले देखाएको छ ।

पोखरी धनी र अभिभावकको लापरवाहीका कारण पनि बर्षेनी पोखरीमा डुबेर मृत्यु हुनेको संख्या बढ्दै गएको तिलाठी कोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाको भनाइ छ । “डुबेर मृत्यु हुनेमा अधिकांश बालबालिका हुने गर्छन्, उनले थपे अभिभावकबाट आवश्यक निगरानी हुन नसक्दा पनि डुवेर मृत्यु हुने बालबालिकाको संख्या बढ्दो छ ।”

ग्रामिण क्षेत्रमा खानेपानी र नुहाउन विशेष गरि नदी र पोखरीकै भर पर्ने हुन्छ यसले गर्दा पनि घट्ना बढेको स्थानिय बताउँछन् । मधेशका गाउँबस्तीमा पर्याप्त पोखरी भएकामा तिनमा घेरबार तथा कतिपय पोखरीमा डिल समेत देखिदैन । त्यस्तै कतिपय स्थानमा खुल्ला गहिँरो नाला र खाल्टोमा बर्षाका बेला जमेको पानीले समेत दुर्घट्ना निम्तियाइ रहेको भन्दै यसतर्फ सबैले ध्यान दिनुपर्ने आवश्यकता रहेको जानकारहरु बताउँछन् ।