मङ्सिर २७ वीरगंज ___ भारतकाे महावाणिज्य दूतावास, वीरगंज र भारतीय राजदूतावास, काठमाडौं द्वारा भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (ICCR), नयाँ दिल्लीको सहकार्यमा डिसेम्बर १२, शुक्रबारको दिन हेटौंडाको भैरव रोडमा रहेको पूजा ब्याङ्क्वेटमा भारतबाट आउनुभएकी सन्ध्या मनोज र उनको समूहद्वारा ओडिसी नृत्य प्रस्तुतिकाे आयोजना सम्पन्न भएको छ । यसअघि, १० डिसेम्बरमा जनकपुरधाममा पनि यस्तै प्रस्तुति आयोजना गरिएको थियो।

धार्मिक देवताहरूमा सुन्दर ढंगले प्रस्तुत गरिएको मनमोहक र आश्चर्यजनक प्रस्तुतिमा समाजका विभिन्न क्षेत्रका ४०० भन्दा बढी व्यक्तिहरू उपस्थित थिए। मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी (CDO) बसन्त अधिकारी कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थिति हुनुहुन्थ्याे भने मकवानपुर जिल्लाका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. प्रदीप ज्ञवाली, मकवानपुर उधाेग वाणिजय संघका अध्यक्ष प्रमोद सिंह रानाभाट र कृषि उद्यम केन्द्रका अध्यक्ष अरुण राज सुमार्गी, आदि विशिष्ट अतिथिकाे रुपमा सो कार्यक्रममा उपस्थित रहेका थिए

कार्यक्रमको सुरुवात प्रमुख अतिथि र विशिष्ट अतिथिज्यूहरूबाट दीप प्रज्वलन गरी गरिएकाे थियो। महावाणिज्य दूत डी.एस. मीनाले आफ्नो स्वागत मन्तव्यमा भारत र नेपाल बीचको युगौं पुरानो, गहिरो सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्धमाथि प्रकाश पार्नुभयाे। मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले विगतका यस्ता शास्त्रीय कला प्रदर्शनहरूको आयोजनाको सम्झना गराउनुभयाे र दुई देशहरू बीचको जन-जनको सम्पर्कलाई सुदृढ पार्न सांस्कृतिक कार्यक्रमहरूको महत्त्वपूर्ण भूमिकामा जोड दिनुभयाे।