मङ्सिर २७ सर्लाही___सर्लाहीको चुरेवर्ती क्षेत्रस्थित ईश्वरपुर नगरपालिका–१२, पिपलदमार क्षेत्रमा प्रहरीले साढे ३ बिघामा लगाएको गाँजा खेती नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै साढे तीन बिघामा लगाइएको १८ हजार ५०० बोट गाँजा काटेर नष्ट गरेको जनाएको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बाँकेको खोलैखोला गएर सिन्धुलीसँगको सीमा नजिक पर्ने पिपलदमारमा गाँजा नष्ट गरेको हो ।  अन्य बाली खासै नउब्जने चुरे भेगका स्थानीयले मनग्य आम्दानी हुने गाँजा खेती गर्दै आइरहेका छन् । स्थानीयको राम्रो आम्दानीको स्रोत भए पनि नेपालको कानुनले गाँजा खेतीलाई अवैधानिक मानेको छ ।