आज वि.सं.२०८२ साल मंसिर महिनाको २६ गते शुक्रबार, पौष कृष्णपक्षको अष्टमी तिथि ।

मेष
साथिभाइहरुसँग जमघट र रमाइलो हुने छ । अनेकौँ परिकार भोजन गर्न पाइने छ । खर्च भने बढ्न जाँदा आर्थिक दबाब भने उत्पन्न हुने छ । पेशागत जीवनमा सोचे जस्तो प्रतिफल नमिल्दा एक हिसावलको निराशा रहने छ । स्वास्थ्यमा समस्या आउने छ । विदेश यात्रकाका विषयमा अड्चन आउने छ ।वि.सं.२०८२

वृष
पेशागत जीवनमा गरेको कामको प्रशंसा मिल्ने छ । साथै थप जिम्मेबारी पनि मिल्ने छ । सृजनशिल स्वाभावका कारण नयाँ नयाँ काम हुने र त्यसको कदर पनि हुने छ । सामाजिक जीवनमा सम्मान प्राप्त हुने छ । आर्थिक अवस्था सन्तोषजनक रहने छ । चिसोजन्य स्वास्थ्य समस्याप्रति सजग रहनु होला ।

मिथुन
आर्थिक लाभ मिल्ने छ । खासगरी लामो समयसम्म नउठेको रकम उठ्ने छ । पेशागत जीवनमा उन्नति प्रगति हुने छ । ठुला बडा मानिसहरुले विश्वास गर्ने हुँदा इज्यत बढ्न पुग्ने छ । यात्रामा जाने योग छ । मनमा उत्साह र उमङ्गको भने केही कमि रहने छ । परिवारमा किचलोको अवस्था आउने छ ।

कर्कट
अरुलाई सहयोग गरौँ गरौँ लाग्ने छ । मनमा निराशाका मात्रा रहँदा उर्जा र उत्साहको थोरै कमि रहने छ । पेशागत जीवन मध्यम खालको रहने छ । दाम्पत्य जीवनमा एकअर्काको भरोषा बढ्ने छ, यसले निकै मद्दत मिल्ने छ । भविष्य प्रतिको चिन्ताका कारण निन्द्रामा समस्या आउने छ ।

सिंह
रमाइलो स्वाभावको व्यक्तित्व हुने छ । पेशागत जीवनबाट आम्दानीमा बृद्धि हुने छ । वाहन सुख मिल्ने छ । मनोरञ्जनात्मक कार्यमा धेरै खर्च हुने छ । साथिभाइको विश्वास आर्जन हुने छ । बोली प्रभावकारी रहने हुँदा अरुको मन जित्न सकिने छ ।

कन्या
सानो गल्तिमा पनि निकै दोषारोपण खेप्नु पर्ने छ । सक्दो बादबिबादका विषयमा जोगिने कोशिस गर्नु होला । पेशागत जीवनमा सन्तुलन बिग्रन जाने छ । आर्थिक अवस्था भने सन्तुलित नै रहने छ । परिवारमा तनावपूर्ण वातावरण रहने हुनाले मानसिक अशान्ति आउने छ । समाजमा पनि आलोचना गर्नेहरु हुने छन् ।

तुला
नयाँ क्षेत्रमा आँट गरेर अघि बढ्ने समय छ । प्रशासनिक नियकाका अधिकारीहरुसँग बादबिबाद बढ्ने भएकाले सचेत रहनु होला । पेशागत जीवन धेरै सहज नबने पनि बिग्रने पनि छैन् । भोगविलासका विषयहरु तर्फ मन बढि केन्द्रीत हुँदा खर्च बढ्ने छ । खराव मानिसहरुको संगत त्याग्नेतर्फ विचार गरेमा उत्तम हुने छ ।

वृश्चिक
व्यापार व्यवसायमा बृद्धि हुने छ । कारोवारमा बृद्धि हुने र अरुको विश्वास प्राप्त हुने छ । विदेश यात्रा हुने छ । पेशागत जीवनमा आफु भन्दा माथिका बोसहरुसँगको समन्वयका कारण उपलब्धिहरु प्राप्त हुने छ । आर्थिक पक्ष भने सवल रहने छ । खर्चको मात्राहरु पनि बढेन जाने छ । बोली कडा हुने हुँदा ध्यान दिनु होला ।

धनु
सामान हराउन सक्ने चुनौति छ । पेशागत जीवनमा केही सुधार आउने छ । आर्थिक चुनौतिहरुमा आफन्तहरुको मद्दत मिल्ने छ । मन भित्रकाृ दृढता कायम रहने छ । मनमा आँट र भरोषा कायम रहँदा स–साना असफलताहरुले धेरै नकारात्मक प्रभाव पार्ने छैनन् । नयाँ गन्तब्यमा यात्रा हुने छ ।

मकर
आफुले गरेको कामका बारेमा परिवारबाट उचित मुल्यांकन नहुँदा मनमा भारीपना आउने छ । पेशागत क्षेत्रमा उन्नति प्रगतिको मात्रा कायम रहने छ । ब्यापार बिजनेशमा पनि लाभ प्राप्त हुने छ । आर्थिक पक्ष सवल हुने हुँदा यसले आत्मविश्वास बढाउने छ । परिवारमा तनावपूर्ण अवस्था रहने छ । स्वास्थ्य समस्याका कारण उर्जाकोे अभाव हुने छ ।

कुम्भ
आर्थिक आम्दानीमा बृद्धि हुने छ । सामाजिक छविमा पनि उत्साह आउने छ । कारोवारको बृद्धि हुने र पेशागत जीवनमा पनि थप जिम्मेबारी प्राप्त हुने छ । सवारीसाधनले दुःख दिने समय रहेकाले सतर्क रहनु होला । यात्रामा केही कठिनाई भोग्नु पर्ने छ । व्यवस्थापकीय क्षमतामा बृद्धि हुने छ । दाम्पत्य जीवनमा केही कटुता आउने छ ।

मीन
लघुताभाषले सताउने छ । साना विषयमा पनि मनोबल कमजोर हुने हुँदा मनमा त्रास उत्पन्न हुने छ । दाम्पत्य जीवनमा पनि शंकाउपशंका उत्पन्न हुँदा असमझदारी रहने हुँदा सतर्क रहनु होला । परिवारमा शान्तिपूर्ण वातावरण रहने छैन् । आम्दानीमा गिरावट आउँदा सामाजिक जीवनमा पनि छवि बिग्रने छ । पेशागत जीवनमा औसत कदम चाल्नु होला ।