मङ्सिर १९ जनकपुरधाम___  मधेश प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्ण प्रसाद यादव प्रस्ताव भएका छन् । सात दलीय गठबन्धनले प्रदेश प्रमुखले दिएको समयभित्रै नियुक्तिका लागि उनको नाम प्रस्ताव गरेको लोसपाका सांसद उपेन्द्र महतोले बताएका छन् । आज बिहानैदेखि चलेको छलफलमा यादवको नाममा सहमति भएको सांसद उपेन्द्र महतोले जानकारी दिए । अहिले प्रदेश सांसदहरूले हस्ताक्षर गर्ने काम भइरहेको छ।