पौष २४ वीरगंज _ नेकपा माओवादी केन्द्रबाट जितेका मधेश प्रदेश सांसद रहबर अन्सारी पार्टी छाडेका छन्। नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन् । राजीनामा पत्रमा भनिएको छ, ‘साहस, इमान र जोखिम तीनै कुरा पार्टीले त्यागिसकेको छ । म यो विरोधाभासको हिस्सा बन्न सक्दिनँ ।

यसै बोधका साथ म पार्टी सदस्यताबाट समाजवादी क्रान्ति जिन्दावाद भन्दै बिदा लिन्छु।’ प्रचण्डले केही दिनअघि नेकपा एकता सन्देशसभामा गाएको ‘इन्कलाब’ गीतका हरफ सम्झाउँदै रहबरले राजीनामा पत्र पठाएका हुन् ।

rahabar-ansari-1079x1536-1767868993.png