मङ्सिर १८ सप्तरी___  सप्तरीमा हात्तीको आक्रमणबाट बिहीबार बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कंचारूप नगरपालिका ५ का ५५ वर्षीय नारायण खंग रहनुभएको छ । सुकाइएको धान रुङ्गने क्रममा खेतमा सुतिरहेको बेला बिहीबार बिहान करिब २/३ बजे कोसी टापु वन्यजन्तु आरक्षणबाट आएको हात्तीले आक्रमण गर्दा उहाँको घटनास्थानमै मृत्यु भएको स्थानीयले बताएका छन् ।

सुतिरहेकै अवस्थामा हात्तीले कुल्चिएर आक्रमण गरेपछि गम्भीर घाइते भएका खंगको उपचार गर्ने प्रयास गर्दागर्दै घटनास्थलमै मृत्युु भएको स्थानीय समाजसेवी भोला पासवानले जानकारी दिनुभयो । सव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउने र घटनाको थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी निरिक्षक विजय कार्कीले जानकारी दिनुभयो ।