पर्सा ६ कार्तिक धोबिनी गाउँपालिकाका जनताको सेवा, शिक्षा, स्वास्थ्य, कृषि र युवाको विकासलाई प्राथमिकतामा राख्दै युवा नेता तथा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राजु पटेलले आफ्नो धारणा सार्वजनिक गरेका छन्।

पटेलले धोबिनी गाउँपालिकाको समग्र विकासका लागि जनताको आवश्यकता र समस्यालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन्। उनले शिक्षा, स्वास्थ्य, कृषि र युवा रोजगारीलाई गाउँपालिकाको विकासका प्रमुख आधारका रूपमा अघि बढाउने आफ्नो सोच रहेको बताएका हुन्।
उनका अनुसार शिक्षा क्षेत्रलाई व्यवस्थित र गुणस्तरीय बनाउनु, विद्यालयमा आवश्यक शैक्षिक वातावरण सिर्जना गर्नु तथा शिक्षकका समस्या र आवश्यकतालाई सम्बोधन गर्नु महत्त्वपूर्ण छ। त्यसैगरी, गाउँपालिकाभित्रका स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति, औषधि र स्वास्थ्य सेवाको सहज उपलब्धता सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिएका छन्।

कृषि क्षेत्रलाई गाउँपालिकाको आर्थिक विकासको महत्त्वपूर्ण आधार मान्दै पटेलले किसानका समस्या समाधान, कृषि उत्पादन वृद्धि, सिँचाइको व्यवस्था तथा कृषि क्षेत्रमा आवश्यक सहयोग उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

युवाको भविष्यप्रति चिन्ता व्यक्त गर्दै उनले स्थानीय स्तरमै रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्ने, युवाको क्षमता र सीप विकास गर्ने तथा विकास निर्माणका काममा युवाको सहभागिता बढाउनुपर्ने धारणा राखेका छन्।
धोबिनी गाउँपालिकाका जनताको सेवा नै मेरो पहिलो प्राथमिकता हो,पटेलको भनाइ छ। उनले जनताको गुनासो सुन्ने, आवश्यकताका आधारमा योजना बनाउने र गाउँपालिकालाई विकासको बाटोमा अघि बढाउने सोच रहेको बताएका छन्।

पटेलले शिक्षा, स्वास्थ्य, कृषि, युवा विकास तथा स्थानीय पूर्वाधारलाई समेटेर जनमुखी विकासको अवधारणा अघि बढाउने बताएका छन्। उनका अनुसार गाउँपालिकाको विकासका लागि जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी, किसान, युवा तथा स्थानीय बासिन्दाबीच सहकार्य आवश्यक छ।

धोबिनी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारका रूपमा पटेलले अघि सारेका यी प्राथमिकता कार्यान्वयनमा आएमा शिक्षा, स्वास्थ्य, कृषि र युवा विकासका क्षेत्रमा सुधार ल्याउने लक्ष्य रहेको बताएका छन।