पर्सा । पर्साको जगरनाथपुर ५ मसिहानी गण्डक नहर मा डुबेर एक बालक को मृत्यु भएको छ। मसियानी चौक नजिज गण्डक नहर मा डुब्बेर मृत्यु हुनेमा बारा जिल्ला फेटा गाउँपालिका बतरा गाउँ निवासी दिनेश मुखिया बिनको १० वर्षिय छोरा प्रधुमन मुखिया बिन रहेको प्रहरीले जनाएको छ।

मृत्क बालक अाफ्नो मामा घर मसियानी निवासी सुदामा मुखिया बिनको घरमा अाएको थियो। घाटनाको जानकारी पाउने बितिकै घटना स्थलमा पुगेका ईप्रका जानकिटोला,र ईलाका प्रहरी कार्यालय पोखरियाको टोली पुगेर डुब्बेर मृत्यु भएको बालकको शव लाई पोस्टमार्टमको लागि नारायणी अस्पताल बिरगंजमा पठाएको ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएका छन।