पर्सा । उपकार सेवा नेपालले जिराभवानी गाउँपालिका–१ स्थित बाबा बटेश्वरनाथ मन्दिरमा भक्तजनको स्वास्थ्यलाई ध्यानमा राख्दै पाँच थान सिलिङ पंखा प्रदान गरेको छ।

भक्तजन तथा दर्शनार्थीहरूको स्वास्थ्य र सहजताको लागि गरिएको यो सहयोग मन्दिर परिसरमै आयोजित एक कार्यक्रमका बीच सम्पन्न भयो । कार्यक्रममा संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले मन्दिर संरक्षण समितिका सदस्य अनिरुद्ध प्रसाद महतो र पुजारी किशुन दासलाई पंखा हस्तान्तरण गरिन।

सो कार्यक्रममा समाजिक अभियन्ता प्रकाश थारू संस्थाको अभिभावक श्री पद्मा देबी सरावगी तथा सदस्य सुमन बगेडिया तथा स्थानीय भद्रभलादमीहरुको समेतको उपस्थिति रहेको थियोे !