पर्सा- स्वास्थ्य कार्यालय पर्सा र सुनौलो परिवारको संयुक्त अायोजनामा संचालनमा रहेको पर्साको धोबिनी गाउँपालिका वडा नं ४ लंगडी स्वास्थ्य चौकीमा नि, शुल्क शिविरमा ५५ जनाले सुरक्षित बन्ध्याकरण गराएका छन।

निशुल्क घुमती शिविरमा पहिलो दिन बिरगंज महानगरपालिकाको लालपर्सा स्वास्थ्य चौकीमा १६१ जना दोस्रो पकहामैनपुर स्वास्थ्य चौकी ५९ जना तेस्रो छिपहरमाई स्वास्थ्य चौकी सम्भौता ६० जना र धोबिनी स्वास्थ्य चौकी गरि ३३५ जना महिलाहरुले सुरक्षित बन्ध्याकरण गराएको परिवार नियोजन प्रमुख अनिल मिश्राले जनाएका छन।

धोबिनी गाउँपालिका बाट घुमती टोली बहुदरमाई नपाको बिश्रामपुर स्वास्थ्य चौकीमा जाने प्रमुख मिश्राले जनाए । परिवार नियोजनको बृहद परिवार योजना घुमती शिविरमा सन्तानको रहर पुरा भएको दम्पतीहरु लागि परिवार योजना बन्ध्याकरण सेवा मिनिल्याप र भ्यासेक्टोमी सेवा साथै लामो अवधी लागि साधन (अाई,यु,सी,डी,र ईम्पलान्ट निशुल्क गरिने भएकोले ईच्छुक दम्पतीहरुले समयमै निशुल्क सेवा लि रहेको स्वास्थ्य कार्यालय पर्साका परिवार नियोजन प्रमुख मिश्राले जनाएका छन।