पोखरिया २ कार्तिक पर्साको कालिकामाई गाउँपालिकामा रहेको कालिकामाई युवा समाजले हिजो तेस्रो वार्षिक उत्सवको अवसरमा इलाका प्रहरी कार्यालय पोखरिया संग सहकार्य गरी कालिकामाई गाउँपालिकाको प्रसिद्ध शक्तिपीठ कालिकामाई मन्दिरमा सरसफाई कार्यक्रम र मानव सेवा आश्रम बिरगञ्जमा भोजन सेवा कार्यक्रम सम्पन्न गरेको छ!

सुरुवाती दिन देखि नै सामाजिक कार्यहरूमा सक्रिय रहँदै आएको युवा समाज आफ्नो तेस्रो वार्षिक उत्सवको अवसरमा मन्दिर क्षेत्रलाई सवक्ष र सफा बनाउन नेपाल प्रहरी को सहयोगमा बिहान सरसफाई कार्यक्रम र बेलुका मानव सेवा आश्रम बिरगञ्जमा रहेका करिब ६० जना असहाय अमा,बुबहरुलाई खाना खुवाइएको थियो!

युवा समाजको अध्यक्ष आकाश चौरसियाले कार्यक्रमलाई भव्य र सभ्य बनाउन सहयोग गर्नुभएकोमा इलाका प्रहरी कार्यालय पोखरिया,इलाका प्रहरी कार्यालय कालिकामाई, स्थानीय समाजसेवीहरु र सुरुवाती दिनदेखि हाल सम्म पुग्न आफूहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि साथ ,सहयोग र सल्लाह ,सुझावको अपेक्षा राख्दै सामाजिक कार्यमा सक्रिय रही स्वक्ष र समृद्ध समाज निर्माणका लागि युवा समाज सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो!

कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक भानुभक्त अर्याल,इलाका प्रहरी कार्यालय कालिकामाई को सहायक प्रहरी निरीक्षक……लगायतको नेपाल प्रहरी टोली,युवा समाजको वरिष्ठ उपाध्यक्ष आकाश केवट,उपाध्यक्ष भरत साह,सचिव सुदिप चौरसिया,सदस्यहरू रमेश चौरसिया,युराज पटेल,अशोक कुमार, राकेश मुखिया,विनय चौरसिया, राकेश सराफ,दिपु चौरसिया,विकास साह,समाजसेवी राजेश पटेल लगायतका युवा तथा स्थानियहरुको उपस्थिति रहेको युवा समाजको महासचिव विशाल कुशवाहाले जानकारी दिनुभएकोथियो!