पर्सा २ कात्तिक पर्साको धोबीनी गाउँपालिकामा दुर्गा पूजाको पावन अवसरमा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार सदाम हुसेनले गाउँपालिकाअन्तर्गतका विभिन्न गाउँमा पुगेर श्रद्धालु भक्तजन तथा स्थानीय बासिन्दासँग भेटघाट गर्दै शुभकामना आदानप्रदान गरेका छन्।

हुसेनले धोबीनी गाउँपालिकाअन्तर्गत भिखमपुर, पिपरा, आस्वरी, सानो गुलरिया, ठूलो गुलरिया, बखरी, लंगडी र हरिहरपुरलगायतका गाउँमा पुगेर स्थानीयवासीसँग भेटघाट गरेका हुन्। सो क्रममा उनले दुर्गा पूजाको अवसरमा श्रद्धालु भक्तजन तथा गाउँबासीलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका थिए।
भेटघाटका क्रममा हुसेनले स्थानीय बासिन्दासँग आपसी सद्भाव, सामाजिक एकता र धार्मिक सहिष्णुताको महत्त्वबारे कुराकानी गर्दै चाडपर्वले समाजमा भाइचारा र एकताको भावना बलियो बनाउने बताए। साथै, विभिन्न स्थानमा पुगेर उनले स्थानीयवासीलाई सहयोगसमेत गरेका थिए।

दुर्गा पूजाको अवसरमा गाउँगाउँमा पुगेर शुभकामना आदानप्रदान तथा स्थानीयसँग भेटघाट गर्ने कार्यक्रमले चाडपर्वको उल्लाससँगै आपसी सम्बन्ध र सामाजिक सद्भावलाई महत्त्व दिएको देखिन्छ।
हुसेन धोबीनी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारका रूपमा स्थानीय बासिन्दासँग भेटघाट गर्दै आएका छन्। दुर्गा पूजाको अवसरमा गरिएको यस भेटघाटलाई स्थानीय समुदायसँग प्रत्यक्ष संवाद गर्ने अवसरका रूपमा हेरिएको छ