पर्सा १ कार्तिक पर्साको धोबीनी गाउँपालिका–४, लंगडीमा विजयादशमीको पावन अवसरमा भव्य भेडा जुधाइ कार्यक्रम आयोजना हुने भएको छ। आगामी २०८३ साल कात्तिक ३ गते मंगलबार आयोजना हुने उक्त कार्यक्रममा सहभागी भई मौलिक परम्परा तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न आयोजकले सम्पूर्ण स्थानीय बासिन्दा, खेलप्रेमी तथा सर्वसाधारणलाई हार्दिक निमन्त्रणा गरेको छ।

दशैंको अवसरमा आयोजना हुन लागेको यस कार्यक्रमले स्थानीय कला, संस्कृति र परम्पराको जगेर्ना गर्नुका साथै आपसी सद्भाव, भाइचारा र सामाजिक एकतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
आयोजक नव युवा सरस्वती पूजा समिति ले सम्पूर्ण महानुभावहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन आग्रह गरेको छ।
दशैंको खुसी साटासाट गर्दै आफ्नो मौलिक संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

आयोजक:
नव युवा सरस्वती पूजा समिति
धोबीनी गाउँपालिका–४, लंगडी, पर्सा।