पर्सा २८ असोज । पर्साको जगरनाथपुर गाउँपालिका–६ मा एक अति विपन्न परिवारलाई श्राद्धकार्यका लागि बृजेश्वर प्रसाद चौधरीले खाद्यान्न सामग्री सहयोग गरेका छन्।
चौधरीले आफ्नो तर्फबाट उक्त परिवारलाई २ बोरा चामल र ३ बोरा चिउरा गरी जम्मा ५ बोरा खाद्यान्न सामग्री सहयोग गरेका हुन्। आर्थिक रूपमा कमजोर परिवारलाई श्राद्धकार्य सम्पन्न गर्न सहज होस् भन्ने उद्देश्यले उनले उक्त सहयोग उपलब्ध गराएका हुन्।

दुःखको घडीमा विपन्न परिवारलाई गरिएको यस सहयोगले मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र आपसी सहयोगको भावना झल्काएको छ। यस्ता सहयोगले समाजमा एकअर्कालाई साथ दिने संस्कारलाई थप बलियो बनाउने विश्वास गरिएको छ।

यसैबीच, दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै भगवान्ले आत्मालाई स्वर्गमा स्थान प्रदान गरून् भनी प्रार्थना गरिएको छ। साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।