पोखरिया, २५ असोज पर्साको धोबिनी गाउँपालिका–४ स्थित लंगडी चौकमा विजयादशमी तथा नवरात्रिको अवसरमा माता रानी दुर्गा भवानीको पूजाआराधनाका लागि घटस्थापनाको पहिलो दिन भव्य जलयात्रा निकालिएको छ। बाजागाजासहित धुमधामका साथ निकालिएको उक्त जलयात्रामा करिब ५ सय कन्या सहभागी भएका थिए।

लंगडी चौकस्थित माता दुर्गा भवानीको पूजास्थलबाट सुरु भएको जलयात्रा लंगडी र बखरी गाउँको परिक्रमा गर्दै विभिन्न देवीदेवताको पूजाआराधना गरिएको थियो। त्यसपछि जलयात्रा लंगडी गाउँस्थित सिक्टा खोलामा पुगेर जल भरेपछि पुनः दुर्गा भवानीको पूजास्थलमा फर्किएको थियो।

धार्मिक आस्था, श्रद्धा र भक्तिभावले भरिएको जलयात्रामा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो। बाजागाजासहित निकालिएको जलयात्रामा कन्या, महिला, बालबालिका, युवा तथा पुरुषहरूको उत्साहजनक उपस्थिति देखिएको थियो। जलयात्राले गाउँको धार्मिक तथा सांस्कृतिक वातावरणलाई भक्तिमय बनाएको थियो।
जलयात्रामा पण्डित सोनु पाण्डे, वडा अध्यक्ष अबास मियाँ, दुर्गापूजा समितिका अध्यक्ष बिरेन्द्र कलवार, प्रमोद साह कानु, साह कलवार, कमरुल मियाँ, हरेन्द्र साह कानु, राजेन्द्र साह, लालबाबु पटेल, अलियास मिया, हिरामन साह कानु, राममूर्ति साह,स्थानीय नेता बशिष्ट प्रसाद कुर्मी, दिभाकर पटेल, राजु पटेल, इदिरिस देवान, मदन सहनी, ताराचन प्रसाद कलवार, राजनारायण पटेल, पशुराम पटेल पत्रकार राजन कुमार बानिया, बिटु गुप्ता, प्रदीप पटेल, रोशन चौरसिया, पिन्टु पटेल, राजकिशोर गुप्ता, राजन गुप्ता, गुडु गुप्ता,सुमित पटेल, गायत स्थानीय अगुवा तथा श्रद्धालुहरूको सहभागिता रहेको थियो।

स्थानीयवासीको सक्रिय सहभागितामा सम्पन्न जलयात्राले विजयादशमी तथा नवरात्रिको धार्मिक महत्त्वलाई उजागर गर्नुका साथै आपसी सद्भाव, एकता र सांस्कृतिक परम्पराको संरक्षणमा समेत योगदान पुर्‍याएको छ।