चैत्र १२ काठमाडौँ ___ रंग मिथिला संस्था मिथिला सभ्यताको समृद्ध कला, संस्कृति, संगीत तथा परम्पराको संरक्षण र प्रवर्द्धनकालागि स्थापित एक सांस्कृतिक संस्थाले । काठमाडौंमा “रंग मिथिला हेरिटेज एन्ड कल्चरल फेस्टिभल” आयोजना गर्न लागेका छन्। यस संस्थाले कलाकार,विद्वान् तथा सांस्कृतिक साधकहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने मंच प्रदान गर्नुका साथै विभिन्न कार्यक्रम,महोत्सव रपहलमार्फत मिथिला संस्कृतिको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । मिथिला सभ्यताको समृद्ध कला, संस्कृति, संगीत तथा परम्परालाई संरक्षणर प्रवर्द्धन गर्ने उद्देश्यले रंग मिथिला संस्थाद्वारा “रंग मिथिला हेरिटेज एण्ड कल्चरल फेस्टिवल” आगामी वि।स। २०८२ साल चैत्र १५ र १६ गते मार्च २९ र ३०, २०२६० मा नेपाल पुलिस क्लब, काठमाडौंमा आयोजना गर्न लागेका छन् ।

दुई दिने उक्त महोत्सवमा मिथिला संस्कृतिको विविध पक्षहरूलाई उजागर गर्ने कार्यक्रमहरू समावेश गरिएका छन्। महोत्सवका क्रममा मिथिला चित्रकला प्रदर्शनी, लोकसंगीत, सांस्कृतिक नृत्य, प्यानल छलफल, परम्परागत प्रदर्शनी तथा अन्य विभिन्न सांस्कृतिक प्रस्तुतीहरू आयोजना गरिने आयोजकले जनाएको छ । महोत्सवमा विभिन्न कलाकार, सांस्कृतिक व्यक्तित्व, विद्वान् तथा संस्कृति प्रेमीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार यस कार्यक्रमले मिथिला संस्कृतिको संरक्षण,प्रवर्द्धन तथा नयाँ  पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुऱ्याउने विश्वास लिएको छ ।

रंग मिथिला हेरिटेज एण्ड कल्चरल फेस्टिभलका संयोजक तथा आयोजक रंग मिथिला संस्थाका अध्यक्ष संगम गुप्ताले यस महोत्सवले मिथिला कला र संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । उक्त महोत्सवमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण कला तथा संस्कृति प्रेमी, सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई आयोजकले हार्दिक अनुरोध गरेको छ।