चैत्र ७ जनकपुरधाम ___ प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुरधाममा आज हुन लागेको खेल वर्षाको कारण प्रभावित भएको छ । जनकपुरधामको निर्माणधीन अवस्थामा रहेको श्री राम जानकी बहुउद्देश्यी रंगशालामा आज हुन लागेको खेल अहिलेसम्म सुरु हुन सकेको छैन ।

मधेस र कोशी प्रदेशबीचको खेलको उद्घाटन सत्र सम्पन्न भएपनि लगातारको वर्षाका कारण खेल भने अझै सुरु हुन सकेको छैन । दुवै टिमका खेलाडीहरु मैदानमा निर्मित टेन्टमा बसेर वर्षा रुक्ने पर्खाइमा रहेका छन् । तर, मौसम विभागको प्रक्षेपण हेर्दा बेलुकासम्म वर्षा रोकिने सम्भावना कम देखिएको छ । क्यानका पदाधिकारीसहित मधेश प्रदेशका क्रिकेट एशोसिएसनका पदाधिकारीहरु मैदानमै बसिरहेका छन् । वर्षा नरोकिए दुवै टिमले एक एक अंक प्राप्त गर्ने बुझिएको छ ।