फागुन १७ वीरगंज ___भारत सरकारले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सहयोग स्वरुप नेपाललाई निर्वाचन सम्बन्धी सहायताको चौथो किस्ता १ मार्च २०२६ को दिन वीरगंजमा आयोजित एक कार्यक्रमका बीच भारतीय महावाणिज्य दूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई औपचारिक रूपमा हस्तान्तरण गर्नु भयो।

नेपालमा आगामी चुनावको तयारीका लागि नेपाल सरकार द्वारा निवेदन गरिए अनुसार, भारत सरकारले नेपाल सरकारलाई उक्त उपहार स्वरूप दिइएको सहयोगको चौथो किस्तामा ३० वटा ट्रक र अन्य सामग्रीहरू समावेश रहेका छन् । सहायता हस्तान्तरण समारोहमा आफ्नो मन्तव्यमा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले नेपाललाई समयमै निर्वाचन सम्बन्धी सहायता प्रदान गरेकोमा भारत सरकारलाई धन्यवाद दिनु भयो।

यस अघि नै भारत सरकारबाट ५८० भन्दा बढी सवारी साधन र अन्य सामग्रीहरू निर्वाचन सम्बन्धी सहायताको पहिलो तीन किस्ताहरू पहिले नै नेपाललाई हस्तान्तरण भइसकेका छन्। भारतीय पक्षबाट जारी सहयोग र समर्थनले दुवै देशहरू बीच रहेको बहुआयामिक र बहुक्षेत्रीय विकास साझेदारीलाई प्रतिबिम्बित गर्दछ। यो भारत र नेपालको जनता बीचको गहिरो पारस्परिक विश्वास र मित्रताको पनि प्रतीक हो।