पौष ८ काठमाण्डौं ___ गत २४ भादौको जेन–जी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा गरिएको आगजनी र सिंहदरबारभित्र बन्दै गरेको नयाँ संसद भवनको निर्माण कार्य सम्पन्न नहुँदा संघीय संसदअन्तर्गतको राष्ट्रियसभाको हिउँदे अधिवेशनका लागि सभा हल निर्माणको कार्य तीव्र पारिएको छ ।

संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक हकलाई मर्मत र बिस्तार गरी राष्ट्रियसभा बस्ने गरी व्यवस्था मिलाउने काम भइरहेको छ ।

निर्माणाधीन सो बैठक कक्षमा बैठक हलसँगै राष्ट्रियसभा अध्यक्ष, प्रधानमन्त्री, मन्त्री र सांसद जाने बाटो पनि तयार गरिँदै छ भने दर्शकदीर्घा, सञ्चारकर्मी बस्ने गरी तयारी गरिँदै छ ।

सो सभा हल १५ पुसभित्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी काम भइरहेको छ । बैठक कक्ष निर्माण सम्पन्न भइसकेपछि माइक र क्यामेरा जडान कार्य अगाडि बढाउनेछ ।

National-Assembly-Hall_-431-1766461648.jpg

National-Assembly-Hall_-1766461648.jpg

National-Assembly-Hall_-440-1766461643.jpg

National-Assembly-Hall_-439-1766461643.jpg

National-Assembly-Hall_-435-1766461638.jpg

National-Assembly-Hall_-(1)-1766461639.jpg

National-Assembly-Hall_-441-1766461633.jpg

National-Assembly-Hall_-429-1766461633.jpg

National-Assembly-Hall_-433-1766461624.jpg

National-Assembly-Hall_-437-1766461623.jpg

National-Assembly-Hall_-438-1766461607.jpg

National-Assembly-Hall_-436-1766461607.jpg

National-Assembly-Hall_-432-1766461590.jpg

तस्वीर: नेपाल फोटो लाइब्रेरी