पौष ७ रौतहट___ मिडिया काउन्सिल मधेश प्रदेशद्वारा सञ्चार माध्यमको अवस्था र चुनौती विषयक एक दिवसीय गोष्ठीको आयोजना गरियो । रौतहटको चन्द्रनिगाहपुर स्थित गौतम होटलमा सम्पन्न भएको सञ्चार माध्यमको अवस्था र चुनौती सम्बन्धि कार्यक्रममा रौतहट र सर्लाही जिल्लाका संचारकर्मी एवं संचार उद्यमीहरुको उपस्थिति रहे ।

गोष्ठीका प्रमुख अतिथि एवं प्रदेश सभा सदस्य युवराज भट्टराई (समिर) ले सबै पेशामा मापदण्ड निर्धारण हुन्छ तर राजनीति र पत्रकारितामा कुनै मापदण्ड निर्धारण नहुँदा दुबै निकै बदनाम रहेको चर्चा गरे । प्रदेशमा नीति नियम बनाउन लाग्दा विषयगत समितिका पदाधिकारीलाई राखेर नीति नियम नर्माण गर्दा निकै राम्रो एवं फलदायी हुने बताए ।

कार्यक्रममा काउन्सिलको अध्यक्ष सुरेश यादवले सप्तरी देखि रौतहट सम्म आइपुग्दा सामाजिक संजालको दुरुपयोगबाट निम्त्याइरहेका जोखिमका कारण पत्रकारिता क्षेत्र जोखिम बढेको सुन्न पाइएको चर्चा गरे । मधेश प्रदेशमा रहेका स्थानीय तहले मात्रै बार्षिक ७० करोड बराबरको रकम विज्ञापनमा खर्च गरिरहेको अवस्थामा ति सबै खर्च प्रक्रियागत छ कि छैन त्यस विषयमा सोध गर्नु आवश्यक रहेको बताए ।

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुर र रौतहट शाखाका पूर्व अध्यक्ष प्रेमचन्द्र झाले दुबै जिल्लामा सञ्चार माध्यमको अवस्था र चुनौती सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । काउन्सिलको सदस्य बन्दना झाले कार्यक्रमको विषय माथि प्रकाश पारेका थियो ।