पौष ६ जनकपुरधाम ___मधेश प्रदेशसभाको सभामुखमा रामअशिष यादव निर्वाचित हुनु भएको छ। मधेश प्रदेश सभाको आइतबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश सभामुख पदका लागि भएको निर्वाचनमा यादवको पक्षमा ७२ मत परेको छ। उक्त सङ्ख्या प्रदेश सभामा कायम रहेको प्रदेशसभा सदस्य १०७ को बहुमत भन्दा बढी रहेकोले यादवलाई सभामुखमा निर्वाचित गरिएको हो। बैठकमा ९६ जना प्रदेशसभा सदस्य उपस्थित रहेकोमा २४ जनाले यादवको विपक्षमा मतदान गर्नु भएको थियोे।

यादवको पक्षमा कुल ७२ मत परेको भने विपक्षमा २४ मत परेको थियो । यादवको पक्षमा नागरिक उन्मुक्ति पार्टी, जसपा नेपाल, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, लोसपा र नेपाली कांग्रेसका सांसदहरुले मत दिएका थिए । प्रदेशसभामा रिक्त रहेको सभामुख पदका लागि जसपा नेपालकोतर्फ बाट रामअशिष यादव र नेकपा एमालेको तर्फबाट त्रिलोकी प्रसादको उम्मेदवारी परेको थियो।

प्रदेश सभाकी उपसभामुख बबिता राउतले मत परिणाम सार्वजनिक गर्दै ६ दलीय गठबन्धनका साझा उम्मेदवार रामअशिष यादवले स्पष्ट बहुमतसहित विजयी भएको घोषणा गरेकी छिन्। निर्वाचनमा ६ दलीय गठबन्धनका सांसदहरुको सक्रिय सहभागिताले मत परिणाममा निर्णायक भूमिका खेलेको विश्लेषकहरुले बताएका छन्। रामअशिष यादवको निर्वाचित भएसँगै मधेस प्रदेशमा स्थायित्वपूर्ण संसदीय नेतृत्वको मार्ग प्रशस्त भएको छ। उनको सभामुख बन्ने प्रक्रियासँगै प्रदेशसभामा सञ्चालन हुने कार्यसूची, विधायिकाको बैठक संचालन, र महत्वपूर्ण राजनीतिक निर्णयमा सहकार्य थप सशक्त हुने जनाइएको छ। यो निर्वाचन पश्चात् प्रदेश सरकार र विपक्षी दलबीच संसदीय सहकार्य र नीति निर्माण प्रक्रियामा नयाँ गति आउने देखिएको छ।