मङ्सिर २७ सर्लाही___  सर्लाहीको गोडैता गरपालिकामा रहेका सामुदायिक बिद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा (स्विटर), टोपि, मोजा तथा बिद्यालयलाइ खेलकुद सामग्री र शैक्षिक सामग्री  बितरण गरिएको छ । नारी श्रस्टा समाज नेपालकी अध्यक्ष साहित्यकार ममता मृदुलाले बिद्यालयमा हिजो आयोजित एक कार्यक्रम बिच  विद्यार्थीहरुलाई स्विटर, टोपी र मोजाका साथै खेलकुद सामग्री  र शैक्षिक सामग्री वितरण गरेकी हुन् । समाजकी अध्यक्ष साहित्यकार मृदुलाले सर्लाही गोडैता  नगरपालिका –५ रामबन  स्थित श्रीमती सरस्वती देवि कुशवाहा सामुदायिक आधारभूत  विद्यालय तथा त्यहा अध्ययनरत विद्यार्थीलाई उक्त सामग्री वितरण गरियो ।
कक्षा १ देखि ८ सम्म अध्यापन हुने उक्त विद्यालयमा अध्ययनरत करिब २५ जना विद्यार्थीलाई न्यानो स्विटर, टोपि र मोजाका साथै भलिबल, फुटबल, बास्केटबल, ब्याडमिन्टन लगायतका खेलकुद सामग्री र विभिन्न कितावहरु वितरण गरेको  समाजकी अध्यक्ष साहित्यकार मृदुलाले बताए । उनका अनुसार विद्यार्थीलाई एक–एक वटा न्यानो स्विटर, टोपी र मोजा  वितरण गरिएको छ । सामुदायिक बिद्यालयका अति बिपन्न विद्यार्थीलाई जाडोको समयमा  नियमित विद्यालय आउने वातावरण बनाउन साथै उनीहरूको पढाइलाई सुधार तथा गुणस्तरीय बनाउनमा सहयोग पुर्याउने उद्देश्यले बिद्यालयलाई  शैक्षिक सामग्री र खेलकुद  सामग्री वितरण गरेको छ ।
साहित्यकार मृदुलाको सहयोगको कदर गर्दै बिद्यालयका तर्फबाट कदर गर्दै उनलाइ मायाको चिनोद्वारा सम्मान गरिएको बिद्यालयका  प्रधानाध्यापक  रामप्रकाश महतोले बताए । सामग्री बितरण कार्यक्रममा विश्व नेपाली साहित्य समाज ललितपुरका अध्यक्ष निता श्रेष्ठ, बज्जिका साहित्य समाज सर्लाहिका सचिव मुकेश मिश्र लगायतका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।