मङ्सिर २७ काठमाडौँ___  भारतीय राजदूत नवीन श्रीवास्तव हाइकिङ जाने क्रममा अचेत बनेका छन् । काठमाडौंको चम्पादेवी डाँडामा हाइकिङका लागि गएका भारतीय राजदूत नवीन श्रीवास्तव एक्कासि बिरामी भएका छन् । अचेत भएपछि उनलाई हवाई उद्धार गरी काठमाडौं ल्याउन लागिएको प्रहरी उच्च स्रोतले कान्तिपुरलाई बतायो । ‘बिरामी हुनु भएपछि हवाई उद्धार गरेर अस्पताल ल्याउने तयारी छ,’ स्रोतले भन्यो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार हाइकिङका क्रममा राजदूत श्रीवास्तवलाई स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पताल ल्याउने तयारी भइरहेको छ । ‘राजदूतज्यू अचानक अश्वस्त भएपछि उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी छ,’ उनले भने ।