मङ्सिर २१ जनकपुरधाम ___ मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदभार ग्रहण गरेका छन् । आइतबार  पद तथा गोपनियताको शपथग्रहण गरेका मुख्यमन्त्री यादवले मुख्यमन्त्री कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै मुख्यमन्त्री यादवले चाँडै नै मन्त्रीमण्डल विस्तार गर्ने जानकारी दिए । उनले पहिलो दिनदेखि नै काम गर्ने उद्देश्यका साथ सरकारमा आएको बताए । सत्ता घटकका सबै दलबाट प्रतिनिधित्व हुने गरी चाँडै नै मन्त्रीमण्डल विस्तार गर्ने उनको भनाइ छ । मुख्यमन्त्री यादवले प्रतिपक्षी दलहरूबाट समेत रचनात्मक सहयोग प्राप्त गर्ने अपेक्षा गरेका छन् । उनले सुशासन कायम गर्ने र प्रदेशबाट गर्न सक्ने कार्यहरू छिटो, छरितो गर्ने काममा आफू लाग्ने बताए । अब मधेस प्रदेशमा स्थायित्व कायम हुने उनको भनाइ छ । मुख्यमन्त्री यादवसंग अहिले अर्थ मन्त्रालयबाहेकका सम्पूर्ण मन्त्रालयहरु रहेको छ ।

नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवलाइ प्रदेश प्रमुख कार्यालयमा आयोजित एक कार्यक्रममा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नवनियुक्त मुख्यमन्त्री यादवलाई शपथ गराएका हुन् । मुख्यमन्त्री यादवलेयही मङ्सिर २४ गते विश्वासको मत लिने तयारी गरेका छन् । आज बसेको सत्तापक्षीय सातदलीय गठबन्धनले बैठकले विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक रामअशीष यादवले जानकारी दिए । यही मङ्सिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका थिए ।

नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादव संगै तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष शपथ ग्रहण गर्नुभयो । यादवको शपथ सकिएलगत्तै तीन जना मन्त्रीले पनि शपथ ग्रहण गर्नुभएको थियो ।  नेपाली कांग्रेसका जंगीलाल राय यादव र नेकपा एकीकृत समाजवादीका कनिश पटेलले विनाविभागीय मन्त्रीका रूपमा र जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले अर्थमन्त्रीको शपथ लिनुभयो । विश्वासकाे मत पाएपछि बाँकी मन्त्रालयको टुङ्गो लगाउने सरकारको तयारी छ । यादव गएको शुक्रवार मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

गठबन्धनमा मन्त्रालयको भागबन्डा टुंगो नलागेकाले तीन दलले अहिलेसम्म सरकारमा प्रतिनिधित्व गराएका छैनन्। यसकारण मुख्यमन्त्री यादवले शपथ ग्रहण गरेको तीन दिनमै विश्वासको मत लिने निर्णय गर्नु परेको हो। मन्त्रालयको बाँडफाँडमा सहमति भएपछि मात्रै बाँकी दलहरूले सरकारमा सहभागी हुने अडान कसेका छन । मूलत: यहीकारणले चाँडै यादव सरकारले विश्वासको मत लिन लागेको जनाइएको छ । आइतबार प्रदेश प्रमुख कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई पद तथा गोपनीयताको शपथ गराएका थिए। मुख्यमन्त्री यादवले शपथ ग्रहणपछि सरकारको स्थायित्व र कार्यसम्पादनमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन्।