मङ्सिर २१ जनकपुरधाम ___ मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख कार्यालयमा आयोजित एक कार्यक्रममा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नवनियुक्त मुख्यमन्त्री यादवलाई  शपथ  गराएका हुन् ।

मुख्यमन्त्री यादवलेयही मङ्सिर २४ गते विश्वासको मत लिने तयारी गरेका छन् । आज बसेको सत्तापक्षीय सातदलीय गठबन्धनले बैठकले विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक रामअशीष यादवले जानकारी दिए । यही मङ्सिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादवले आज मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् ।