नूर आलम बादशाह

पौष ५ बारा___ सहयोगी हात नेपालको आयोजनामा विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरु भित्रको प्रतिभा उजागर गर्ने अभिप्रायले सहयोगी हात नेपाल संस्था हरनहियाले हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको हो । आदर्श कोतवालमा रहेका ४ विद्यालयका विद्यार्थीहरुबीच आदर्श कोतवालको वडा नम्बर ४ हरनहियामा प्रतिया्ेगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा प्रथम स्थान महेन्द्र मेमोरियल इंग्लिश बोर्डिंग स्कुल, द्वितिय स्थान माँ दुर्गा इंग्लिश बोर्डिंग स्कुल र तृतिय स्थान न्यू डायमण्ड बोर्डिङ्ग स्कुलले प्राप्त गरेको थियो भने चौथो स्थान प्रिंस इंग्लिश बोर्डिंग स्कूलले प्राप्त गरेका थिए।

विजयी विद्यार्थीहरुलाई प्रमुख अतिथि रहेका गाउँपालिका अध्यक्ष पदका प्रत्यासी सद्दाम अंसारी, बिशिष्ट अतिथि वडा नम्बर ४ का वडा अध्यक्ष शेख जवाहीर, सगीर अंसारी, साहेब अंसारी, मंसूर अंसारी, सहयोगी हात नेपाल संस्थाका अली अख्तर, अजहरुद्दीन अंसारी, साहिल अंसारी, सहिम अंसारी लगायतले पुरस्कार वितरण गरेका थिए । साथै आयोजक संस्थाले सहभागी विद्यालयका सबै प्रिंसिपललाई प्रमाण पत्र र मायाको चिनो हस्तान्तरण गरेको थियो ।

सहयोगी हात नेपालका अध्यक्ष तथा कार्यक्रम संचालक सरफराज अंसारीले संस्था नयाँ रहेकोले यस वर्ष हाजिरी जवाफ प्रतियोगिताबाट शुरु भएको जानकारी दिए । उनले अब आउने दिनहरुमा पनि समसामयिक बिषय बस्तुहरुमा रहेर प्रीतयोगिता गराउने समेत बताए । कार्यक्रमलाई सहजीकरण संस्थाका अर्का सदस्य दौलत मंसूरले गरेका थिए।