जारी गरिएका तस्बिरहरूमा केही यस्ता फोटोहरू पनि छन्, जसमा बिल क्लिन्टन युवतीहरूसँग पुलमा समय बिताउँदै र पार्टी गर्दै छन् । पहिलो चार सेट एकैसाथ जारी गरिएका थिए, जबकि केही घण्टापछि पाँचौँ सेट पनि सार्वजनिक गरियो । कुल तीन हजार ५०० भन्दा बढी फाइलहरू सार्वजानिक गरिएका छन्, जसमा २.५ जीबीभन्दा बढीको डाटा समावेश छ । यद्यपि, धेरै तस्बिरहरू कुन ठाउँका हुन् भन्ने स्पष्ट छैन । पहिलो चरणका दस्तावेजहरू सार्वजनिक भएपछि अमेरिकी राजनीतिमा हलचल भएको छ ।

ट्रम्पको नाम कहाँ–कहाँ आयो ?

न्युयोर्क टाइम्सको प्रारम्भिक समीक्षाअनुसार, जारी गरिएका फाइलहरूमा राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम निकै सीमित ठाउँका देखिएको छ । तर, पूर्वराष्ट्रपति बिल क्लिन्टनसँग जोडिएका तस्बिरहरू र सन्दर्भहरू बढी देखिएका छन् ।

रिपोर्टअनुसार, जस एप्स्टाइन फाइलहरूको प्रारम्भिक जाँच गरिएको छ । ती धेरै हदसम्म रेड्याक्टेड अर्थात् ब्ल्याकआउट थिए । जुन जानकारी प्रष्ट देखिएका छन्, तिनमा डोनाल्ड ट्रम्पको नाम सीमित ठाउँहरूमा मात्र उल्लेख छ । ट्रम्पको उल्लेख एप्स्टाइनको ठेगाना पुस्तिकामा, फ्लाइट लगहरू र फोन कलसँग जोडिएका सन्देश रेकर्डहरूमा भेटिएको छ ।

यसबाहेक केही पुराना तस्बिरहरू पनि समावेश छन्, जसमा ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्प, एप्स्टाइन र उनकी नजिककी सहयोगी घिस्लेन म्याक्सवेलसँग देखिन्छन् । यद्यपि, रिपोर्टमा यी सबै दस्तावेज र तस्बिरहरू पहिलेदेखि नै सार्वजनिक डोमेनमा उपलब्ध थिए । र, तिनमा कुनै नयाँ वा चकित पार्ने जानकारी आएको छैन भनेर स्पष्ट पारिएको छ ।

चर्चाको केन्द्र बने बिल क्लिन्टनका तस्बिरहरू

बिल क्लिन्टनसँग जोडिएका धेरै तस्बिरहरू यो सेटमा आएका छन् । जारी तस्बिरहरूमा क्लिन्टन एक निजी विमानमा देखिएका छन्, जहाँ उनीसँग बसेकी महिलाको अनुहार ढाकिएको छ । यसबाहेक स्विमिङ पुल र हट टबमा उनको उपस्थितिका तस्बिरहरू पनि समावेश छन् । केही तस्बिरहरूमा क्लिन्टनलाई जेफ्री एपस्टिनकी नजिककी सहयोगी घिस्लेन म्याक्सवेलसँग देखिएको छ । यद्यपि, यी सबै तस्बिरहरूको समय र सन्दर्भबारे जारी फाइलहरूमा कुनै स्पष्ट जानकारी दिइएको छैन ।

एपस्टिनसँग सम्बन्धमा ट्रम्पको सफाई

ट्रम्पले पहिल्यै धेरैपटक उनले सन् २००० को सुरुका वर्षहरूमा नै एप्स्टाइनसँग सम्बन्ध तोडेको बताएका थिए । ट्रम्पका अनुसार जब एपस्टिनले उनका फ्लोरिडास्थित मार–ए–लागो रिसोर्टबाट एक कर्मचारीलाई आफ्नो ठाउँमा काममा राखे, त्यसपछि दुवैको सम्बन्ध समाप्त भयो ।

ह्वाइट हाउस र क्लिन्टनको प्रतिक्रिया

ह्वाइट हाउसका धेरै अधिकारीहरूले सोसल मिडियामा क्लिन्टनसँग जोडिएका तस्बिरहरूलाई उजागर गर्दै पोस्ट गरेका छन् । अर्कोतर्फ, क्लिन्टनका प्रवक्ता एन्जेल उरेनाले एपस्टिनको अनुसन्धान बिल क्लिन्टनबारे नरहेको बताएको पाइएको छ । क्लिन्टनले एपप्स्टिनका अपराधहरू सार्वजनिक हुनुभन्दा पहिल्यै नै उनसे दूरी बनाइसकेका थिए । उनले एपस्टिनका कुनै पनि पीडिताले क्लिन्टनमाथि आरोप नलगाएको पनि स्पष्ट पारे ।

आगामी दिनहरूमा थप दस्तावेज जारी हुने

न्याय विभागका वरिष्ठ अधिकारी टड ब्लान्सले आगामी हप्ताहरूमा एप्स्टाइनसँग जोडिएका थप दस्तावेजहरू सार्वजनिक गरिने बताएका छन् । यद्यपि, सम्भावित पीडितहरूको पहिचानको सुरक्षालाई ध्यानमा राखेर आवश्यक भागहरूलाई रेड्याक्ट गरिनेछ ।

यी चर्चित व्यक्तित्वहरूका तस्बिरहरू आए

अहिलेसम्म जारी दस्तावेज र तस्बिरहरूमा धेरै नामी व्यक्तित्वहरू अगाडि आएका छन् । तिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्वराष्ट्रपति बिल क्लिन्टन र पप स्टार माइकल ज्याक्सन समावेश छन् । यसबाहेक बेलायतका प्रिन्स एन्ड्र्यु आफ्नी पत्नी सारा फग्र्युसनसँग देखिएका छन् । तस्बिरहरूमा अमेरिकी टिभी होस्ट ओप्रा विन्फ्रे, हलिउड अभिनेता केभिन स्पेसी र क्रिस टकरसँगै अर्बपति व्यापारी रिचर्ड ब्रान्सन पनि देखिएका छन् ।