पर्सा । पर्साको जगरनाथपुर गाउँपालिकाबाट सशस्त्र प्रहरीले आज बिहान १० किलो अवैध लागूऔषध गाजा बरामद गरेको छ। सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) पिडारीगुठीबाट खटिएको टोलीले नियमित गस्तीका क्रममा गाजा फालिएको अवस्थामा भेटेको हो।

सशस्त्र प्रहरी नायब निरीक्षक दिलबहादुर गुरुङको नेतृत्वमा गएको गस्ती टोलीले जगरनाथपुर गाउँपालिका–१, बिसुनपुरवा नजिक शंकास्पद गतिविधि देखेपछि खोजतलास गर्दै जाँदा गाजा फालिएको अवस्थामा फेला पारेको सशस्त्र प्रहरीले जानकारी दिएको छ। प्रहरीलाई देख्नेबित्तिकै तस्कर भागेकाले पक्राउ गर्न नसकिएको पनि प्रहरीले जनाएको छ।

बरामद गरिएको गाजा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वा–सुगौलीमा बुझाइएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका उपरीक्षक पुरन चन्द्र भट्टले जनाएको छ।