पोखरिया- जिल्ला उचांगल रामदेव प्रसाद कलवार उच्च माबी पोखरियाको ५८ अौ बार्षिक उतस्वको अवसरमा अाज पर्साको पोखरियामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। जिल्ला उचांगल रामदेब प्रसाद कालवार उच्च माबी पोदखरियाले अायोजना गरेको रक्तदान कार्यक्रममा पाँच महिला समेत २८ जनाले रक्तदान गरेका छन।

बार्षिक उत्सवको अवसरमा रक्तदान जीवन दान भन्ने नाराका साथै रक्तदान कार्यक्रम राखिएको नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरियाका सभापति भगवान प्रसाद कुर्मीले जनाएका छन।

एक थोपा रगत बाट कसैको जीवन बाचोस भन्दै  रक्तदाता हरुले उत्साहको साथै रक्तदान गर्ने हरुमा महिला ममता दुबेदी,ममता कुमार सहनी, मिना कुमारी, साह ,बबिता रौनियार,सीता साह, पुरुष ब्रिजेस साह, दिपेन्द्र ठाकुर,बिसनु पटेल,सन्तोष कुर्मी,अनिल गिरी लगायत २८ जना ले रक्तदान गरेका छन।रक्तादान कार्यक्रम मा बिधालय का प्रधानाध्यापक राजकुमार साह, पोखरिया अस्पतालका अध्यक्ष उमेश चौहान, नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरियाका सभापति भगवान कुर्मी, सचिव हिमान्चल साह कोषाध्यक्ष चन्द्रभुषन पटेल, नेपाल बल्ड बैक पर्साका प्रमुख सौरभराज पाण्डे ,शिक्षक अनिल गिरी,ताराचन्द्र साह,पशुराम पटेल ,उमेश रौनिया, सुरेन्द्र पटेल,लगायत का सहभागिता रहेको थियो। रक्तदान कार्यक्रम मा रक्तदाता हरु लाई बिधालयले प्रमाणपत्र समेत बितरण गरेका छन।