जगरनाथपुर । जगरनाथपुर गाउँपालिका वडा नं. ४ मा युवाहरूको प्रतिभा तथा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले बाइक स्लो रेसिङ प्रतियोगिता आयोजना गरिएको छ।

प्रतियोगितामा गाउँपालिका अध्यक्ष लुकमान सावरीया ज्यू तथा प्रमुख अतिथि जालिम मियाँ ज्यूको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो भने अतिथिका रूपमा सहभागी हुने अवसर प्राप्त भयो।

बाइक स्लो रेसिङ प्रतियोगिताले युवाहरूमा रहेको प्रतिभा, प्रतिस्पर्धात्मक भावना तथा खेलकुदप्रतिको रुचिलाई उजागर गरेको आयोजकले जनाएको छ। यस्ता सिर्जनात्मक तथा मनोरञ्जनात्मक खेलकुद कार्यक्रमले युवाहरूलाई सकारात्मक गतिविधितर्फ प्रेरित गर्नुका साथै समाजमा सकारात्मक ऊर्जा र एकताको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

युवाको प्रतिभा पहिचान र खेलकुद क्षेत्रको विकासका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।