राजन कुमार बानिया

पौष २ वीरगंज ___ पर्साको धोबिनी गाउँपालिका वडा नं ५ धोबिनीमा शिक्षक हरुलाई IEMIS सम्बन्धि ३ दिने तालिम शुरु भएको छ। धोबिनि गाउँपालिकाले आयोजना गरेको IEMIS तालिम धोबिनिमा रहेको श्री अजिज मियाँ माध्यमिक बिधालयमा शिक्षकहरुको लागि IEMIS सम्बन्धि तीन दिने तालिमको उद्घाटन वडा नं ५ का वडाअध्यक्ष मनौवर मियाँले उद्घाटन गर्नु भएको थियो। उद्घाटन कार्यक्रममा शिक्षा प्रमुख जितेन्द्र चौहान, बिधालयका प्रअ जितेन्द्र राम,श्री कालिप्रसाद माबीका प्रअ हरिअोम पटेल, भिखमपुर माबी का प्रअ बिनय प्रसाद कुर्मी लगायत प्रअर शिक्षक हरुको सहभागिता रहेको थियो।

तालिममा एकीकृत शैक्षिक ब्यवस्थापन सुचना प्रणालीको बारेमा प्रशिक्षक जगमोहन रौनियारले प्रशिक्षण दिनुभएको थियो। गाउँपालिका भरीका बिधालय हरुलाई सुधार गर्न बिधालयका शिक्षक हरुलाई IEMIS सम्बन्धि तालिम दिएको सहायक प्रशिक्षक गोबिन्द पटेलले जनाएका छन। बिधालय हरुमा दिवा खाजा ,बिधालय सुधार योजना,समयमा बिधालयमा परीक्षा, नयाँ पढाउने तरिका लगायत सुधार र ब्यवस्थापनको बारे रिफरेस गराएको गाउँपालिका शिक्षा प्रमुख जितेन्द्र प्रसाद चौहानले जनाएका छन। तीन दिन सम्म चलने IEMIS तालिममा धोबिनी गाउँपालिका भरिका १८ वटा बिधालयका शिक्षकहरुको सहभागी रहेको थियो।